Logo

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ



काठमाडैं,७ साउन । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिदै गर्दा पक्राउ परेकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार हेटौंडाको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। अख्तियारको टोलीले उनीसँग १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो।

औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत कोइरालाले घुस मागेको र आइतबार आपूर्तिकर्ताबाट घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्