Logo

कांग्रेस-एमालेको सहकार्य सत्ताको लुछाचुँडीबाहेक केही पनि होईनः झलनाथ खनाल



काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कांग्रेस–एमालेको सहकार्य सत्ताको लुछाचुँडीका लागिमात्रै रहेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेसँग अहिले सत्तामा रहँदा जनताले पत्याउने खालको कुनै नीति नरहेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद्को रोस्ट्रमबाटै आलोपालो सत्तामा जानेबारे खुलासा गरेको बताए ।

‘यी दुईवटा पार्टीले के गर्छन् भन्ने कुरा अहिले खुट्टी हेर्दै पत्याउँ भनेजस्तो भइसक्यो । सुरुवातमै यिनीहरु प्रगतिको दिशातर्फ होईन, फगत सत्ताका लागि लुछाचुँडीबाहेक अरु केही पनि होईन भन्ने कुरा प्रष्ट भइसक्यो । संसद्मा कुरा उठिसक्यो । आम जनताले त पत्याउने कुरै छैन । आम जनता आज समस्यामा परिरहेका छन्, जनताले पत्याउने नीति केही छैन,’– उनले भने, ‘एमाले कांग्रेसको घोडा चढेर सत्तामा गइसक्यो । केही समयपछि एमालेको घोडा चढेर कांग्रेस सत्तामा जान्छ । यी दुईवटाको पालोपालो घोडा चढ्ने योजना रहेछ भन्ने कुरा हिजो प्रधानमन्त्रीले संसद्मा बताइसक्नुभयो । यस्तो प्रकारको नीतिबाट देश अगाडि बढ्नेवाला छैन ।’

वर्तमान सरकारले विकास र समृद्धिको यात्रालाई अगाडि बढाउन पनि नसक्ने उनको दाबी छ । उनले तीन करोड नेपालीले कांग्रेस–एमाले सत्तामा बसेर देखाइरहेको नाटक हेरिरहेको बताए । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्