Logo

प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीसँग सांसदको सवालजवाफ हुने (लाईभ)



काठमाडौं,७ साउन । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदबीच प्रश्नोत्तर हुनेछ ।

आइतबार विश्वासको मत लिएका प्रधानमन्त्री ओलीले आज सांसदहरूसँग प्रश्नोत्तर गर्न लागेका हुन् । प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सरकारका कामकारबाही र समसामयिक जनसवाललाई लिए सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस्