Logo

सत्तापक्षका मूख्य सचेतक भन्छन्: सक्षम पाइलटका कारण यो सरकार बर्मुडा ट्रयाङ्गलमा फस्ने कुनै खतरा छैन्



काठमाडौं,७ साउन । नेकपा एमालेका सांसद तथा प्रतिनिधि सभामा सत्तापक्षका मूख्य सचितक महेश बर्तौलाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकका शून्य समयमा बोल्दै बर्तौलाले दुर्य तिहाई सांसदको समर्थन पाएको सरकार बर्मुडा ट्रयाङ्गलमा फस्ने सम्भावना नभएको भन्दै काम गरेर देखाउने अवसर आएको बताए । उनले ओली सरकारले यी सबै चुनौती पार गर्नेमा विश्वासमेत व्यक्त गरेका छन् ।

‘हिजोमात्र भारी विश्वासको मतका साथ फूल फ्रेजमा टेकअफ गरेको छ । चुनौतीका धेरै ठूला ठूला अग्ला पहाडहरु छन् । यात्राका क्रममा विभिन्न चूनौती आउन सक्छन् । तर, सक्षम दूरदर्शी र द्दृढ पाइलट र कोपाइलटका कारण सरकार सहज ढंगले अगाडि बढ्नेछ । स्मुथ्लि अगाडि जानेछ । सफल ढंगबाट यो सरकार अगाडि बढ्छ । बर्मुडा ट्रयाङ्गलमा फस्ने कुनैपनि खतरा छैन्’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्