Logo

लेखनाथको आरोपको प्रतिवाद गर्दै प्रधानमन्त्रीले भने: म आवेगमा छैन, सांसदले आफ्नो गरिमा नबिर्सौं



काठमाडौं,७ साउन । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदबीच सवालजवाफ चलेको छ । उद्योगले विद्युतको महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले लाइन काटेको विषयमा अ‍ोलीले आइतबारको सदनमा झुट बोलेको आरोप दाहालले लगाएपछि सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिवाद गरेका हुन् ।

सोमबारको बैठकको शून्य समयमा बोल्दै दाहालले ओलीले झुट बोलको आरोप लगाएका थिए । संसद्को सार्वजनिक लेखा समितिले पनि यसबारेमा प्रश्न उठाएको दाबी गरेका थिए ।

‘महालेखाको प्रतिवेदन, लाल आयोगको प्रतिवेदनको आधारमा तत्कालीन मन्त्रिपरिषद्ले ८ अर्ब २६ करोड उठाउने निर्णय गरिसकेको छ’, उनले भने, ‘यसैको जगमा विद्युत् प्राधिकरणले लिखित पत्र पटक–पटक दिँदा पनि विद्युत् महसुल तिर्न अस्वीकार गरेपछि लाइन काटिएको छ ।’

उनले यसबारेमा आइतबार रोस्ट्रमबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बोलेको बताए । ‘यसबारेमा प्रधानमन्त्रीज्यूले सफेद झुट बोल्नुभयो । सत्यलाई भ्रमले छोप्ने दुष्पर्यत्न गर्नुभयो’, उनले भने, ‘यी सबै प्रमाणहरूलाई उहाँले अवज्ञा गर्नुभयो । त्यसपछि विचौलियाको भाषामा, विचौलियाको दबाब र प्रभावमा विद्युत लाइन जोड्ने र तयसपछि महसुल मिानाहा गर्ने घोषणा गर्नुभयो ।’

सांसद् दाहालको आरोपपछि सदनमा सांसदले सोधेका प्रशनहरुको उत्तर दिनेक्रममा प्रधानमन्त्री ओलीले आफू प्रष्ट रहेको र आवेगमा नरहेको भन्दै सदनको मर्यादा नगुमाउन सांसदहरुलाई निर्देशनसमेत दिएका छन् ।

‘प्रयोग गरेको विद्युत् महसुल तिर्नुपर्छ तर आजको विषय होइन, नौ दश वर्षदेखि यो विषय चलिरहेको छ । लाइन काटिन्छ’, उनले प्रश्न गर्दै भने किन यस्तो भइरहेको छ । उनले आफूलाई कुनै लपनछपन गर्नु नरहेको पनि बताए । ‘मलाई कुनै लप्पनछप्पन गर्नु छैन । कुनै बैठक र कुनै तन्त्रपछि कुद्नुछैन’, प्रधानमन्त्रीले भने, ‘६० वर्ष राजनीतिक जीवन पुरा गरे बाँकी जीवन पनि स्वच्छताका साथ बेतित गर्छु ।’ उनले हिजोमात्रै तिर्नुपर्ने र नपर्ने छुट्याउँछु भनेको भन्दै आफूले बोलेको कुरा संसदमा रेकर्ड रहेको बताए । उनले जनताले छानेका प्रतिनिधिहरुले सोही अनुसार व्यवहार गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्