Logo

मध्यरातमा दुई दलबीच सहमति भएको आरोपबारे प्रधानमन्त्रीको जवाफ: राजनीतिक दलको अफिस टाइम हुँदैन, बेकारमा टाउको नदुखाउनुस्



काठमाडौं,७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलको कुनैपछि फिक्स टाइम नहुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा नेकपा माओवाचदी केन्द्रकी सांसद दुर्गा राईले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले कुनै पनि राजनीतिक दलको अरुकोजस्तो अफिस टाइम नहुने बताएका हुन् ।

प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद राईले असार १७ गते मध्यरातमा दुई दलबीच सहमति भएकोबारे जवाफ माग गरेकी थिईन् । उनको प्रश्न थियो, ‘मध्यराति के आपत पर्‍यो र १२ घन्टा पर्खिन नसक्नेगरी सात बुँदे सम्झौता गर्नुको कारण के हो ? के यसमा आम नेपालीले थाहा पाउँदा विद्रोह गर्ने विषय छन् र ?’

सांसद राईको प्रश्नको जवाफ दिँदै ओलीले भने ‘मैले नबुझ्या हामी यो गरिमामय सदनमा के कस्ता कुरामा अल्झिदैछौं ? पार्टीभित्र भएका सहमति ‘एएम’ मा कि ‘पीएम’ मा हुनुपर्छ ? कति बजेर कति बजेमा हुनुपर्छ ? यस्तो कहीँ कतै छ र ? यस्तो हुन्छ ? एएमभित्र सक्नुपर्छ ? यति बजेर यति मिनेट गएपछि अफिस अफ हुन्छ र ? राजनीतिक दलको अफिस अफ हुँदैन । राजनीतिक गतिविधिको समय अफ हुँदैन । घडी अफ हुँदैन । समय गतिशील छ । थकाइ लागेकाहरू दिउँसो पनि सुत्छन्, थकाइ नलागेकाहरू बस्छन् काम पनि गर्छन् । यस्तो सानोतिनो कुरामा टाउको दुखाएर समय खेर नफालौं’ ।



प्रतिक्रिया दिनुहोस्