Logo

डेडिकेटेड र ट्रंकलाइनको विवाद चाँडै समाधान हुन्छः मन्त्री खड्का



काठमाडौं, ७ साउन । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइनको विवाद चाँडै समाधान हुने बताएका छन् । आज (सोमबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले डेडिकेटेड र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटेको लाइन जोड्नेबारेमा निरन्तर छलफल भइरहेको बताएका हुन् ।

मन्त्री खड्काले व्यवसायीबाट उठ्नुपर्ने बक्यौता कति हो भन्ने कुरा निर्क्यौल हुन बाँकी रहेको बताए । मन्त्री खड्काले व्यसायीले तिर्नुपर्ने बक्यौता पनि तिर्नुपर्ने र प्राधिकरणले लाइन काटेर बस्न पनि नहुने बताए । उनले लाइन काटिएको उद्योगहरुमा छिट्टै जोडिने पनि बताए ।

‘व्यवसायीहरुले तिर्नुपर्ने बक्यौता पनि तिर्नुपर्यो र तिर्न छ भनेर लाईन काटेर बस्न भएन । तत्कालै जोड्नुपर्यो भन्ने छ । आजसम्म एउटा निकास आउँछ,’– उनले भने । File Photo/Reports Nepal



प्रतिक्रिया दिनुहोस्