Logo

टीआरसी विधेयक सहजीकरणका लागि गठित कार्यदललाई प्रधानमन्त्री ओलीले बोलाए बालुवाटार



काठमाडौं,८ साउन । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहजीकरणका लागि गठित कार्यदललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा टीआरसी विधेयकलाई टुंगोमा पुर्याउन आवश्यक सहजीकरणका लागि नेकपा एमालेका मूख्य सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक (हाल गृहमन्त्री) र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनादर्न शर्मा रहेको तीन सदस्यीय कार्यदल गठन भएको थियो । सो समितिका सदस्यलाई प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल गर्न बनेकाे कार्यदलकाे कार्यविवरण लिन र त्यसबारे थप छलफल गर्न प्रधानमन्त्रीले बाेलाएकाे एक नेताले बताए ।



प्रतिक्रिया दिनुहोस्