Logo

राष्ट्रपतिमा कमला ह्यारिसले पाइन् पार्टीबाट समर्थन, भनिन्: मेरो उद्देश्य डोनाल्ड ट्रम्पलाई हराउने हो



काठमाडौं । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न आफ्नो पार्टी डेमोक्र्याटिक पार्टीबाट पनि समर्थन पाएको बताएकी छन्।

यसअघि राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौड छाड्दै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गरेका थिए। तर पार्टीबाट उनको नाममा समर्थन प्राप्त भइसकेको थिएन।

अहिले भने डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन प्राप्त भएको ह्यारिसले आफैँले जानकारी गराएकी हुन्।

ह्यारिसले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘हाम्रो पार्टीको उम्मेदवार बन्न आवश्यक समर्थन पाएकोमा मलाई गर्व छ।’

उनले अगाडि लेखेकी छन्, ‘आगामी केही महिनामा म देशैभर घुमेर अमेरिकाका जनतासँग हरेक मुद्दामा कुरा गर्नेछु। मेरो उद्देश्य हाम्रो पार्टी र राष्ट्रलाई एकताबद्ध गर्ने र डोनाल्ड ट्रम्पलाई हराउने हो।’



प्रतिक्रिया दिनुहोस्