Logo

मुख्यमन्त्री नियुक्त नहुँदै बागमतीमा एमालेले टुंग्यायो ६ मन्त्रीको नाम



काठमाडौं,८ साउन । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सामेल हुने ६ जना मन्त्रीको नाम टुंग्याएको छ ।

एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन भक्तपुरका किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो ।

एमालेले यो पटक सहभागी ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन् ।

बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्नेछन् ।

निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

यता नेकपा एमालेले आफ्ना भागमा परेका सबै मन्त्री छान्दा सत्ताको नेतृत्व गर्न लागेको पार्टी नेपाली कांग्रेसमा भने मन्त्री छान्न सकस परेको छ ।

कांग्रेसबाट मन्त्री बन्नेको सूचीमा कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का, विमल ठकुरी, मीनकृष्ण महर्जन, समिता खड्की, हरिप्रभा खड्की, सुना परियार, उर्मिला नेपाल र विनु रायमाझी, सुरेश श्रेष्ठ, सुरज चन्द्र लामिछानेदेखि प्रभात तामाङ, रामकुमार पहाडी र गोविन्द लम्सालसम्म आकांक्षी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्