Logo

बागमतीमा कांग्रेसका लामा र एमालेका थपलिया पालैपालो मुख्यमन्त्री बन्ने सहमति, दुई मन्त्रालय साटफेर



काठमाडौं,८ साउन । बागमती प्रदेशमा पनि नेतृत्वमा आलोपालो हुने भएको छ । प्रदेशको बाँकी रहेको ४१ महिनाको कार्यकालमा नेपाली कांग्रेस र एमालेबीच आधाआधा समय सरकारको नोतृत्व गर्ने सहमित भएको हो ।

आज भएको सहमति अनुसार कांग्रेसका बहादुरसिं लामा पहिलो कार्यकाल मुख्यमन्त्री हुनेछन् । उनले आजै दाबी पेश गर्नेछन् । त्यस्तो दोस्रो चरणमा एमोल प्रदेश संसदीय दलका नेता तथा निवर्तमान अर्थमन्त्री जगन्नाथ थपलिया मुख्यमन्त्री हुनेछन् ।

एमालेको तर्फबाट केन्द्रीय सल्लाहकार सदस्य एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, संसदीय दलका नेता जगन्नाथ थपलिया तथा पूर्वमन्त्री केशव पोखरेल तथा कांग्रेसको तर्फबाट बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ तथा संसदीय दलका नेता बहादुर सिंह लामा सम्मिलित बैठकले बाँकी रहेको पहिलो कार्यकाल लामाको नेतृत्वमा ७ मन्त्री कांग्रेसले लिने र ६ मन्त्री एमालेले लिने सहमति भएको छ ।

पहिलेको सहमतिमा आर्थिक मामिला मन्त्रालय एमाले र भौतिक मन्त्रालय कांग्रेसले लिने सहमति थियो तर अब मुख्यमन्त्री पाउने दलले अर्थ पाउने भएको छ । यो सहमति थपलियाको कार्यकालमा पनि लागू हुने सहमतिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्