Logo

मन्त्री बन्न नपाएपछि कांग्रेस सांसदले सुनाइन् संसद्मा मनुस्मृतिको श्लोक



काठमाडौं,८ साउन । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले आफू योग्य हुँदा-हुँदैपनि मन्त्री बन्न नसकेको गुनासो गरेकी छ्न । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले जुनसुकै मन्त्रिमण्डल बनेपनि ३३ प्रतिशत महिला मन्त्री बनेको कहिल्यै देख्न नपाएको बताइन्। सचेतक थिङले आफ्ना कुरा राख्नुअघि धार्मिक श्लोक भन्दै मनुस्मृतिको एक हरफसमेत वाचन गरेकी थिईन् ।

यस्तो थियो सांसद थिङले वाचन गरेको श्लोक
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः

‘जुनसुकै मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला मन्त्री बनेको कहिल्यै देख्न नपाउने भो। सायद पुरूषहरू नै प्रमुख पदमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिसमा भएनन्,’ उनले भनिन्। त्यस्तै उनले जति पढेको मानिस भएपनि मन्त्री बन्नलाई महिला योग्य नभएको भन्दै आफ्नै उदाहरण दिइन्।

‘मेरो उदाहरण प्रतिनिधि पात्रमात्रै हो। म कानुनमा स्नातक गरेकी छु, सामाजिक शास्त्र मा स्नातकोत्तर गरेको छु। तर म कहिल्यै योग्य भइनँ,’ उनले भनिन्, ‘तर मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिएन। त्यसकारण हामी महिलाहरू कहिलेसम्म समानुपातिकको कोटामा दर्ज हुने हो। हामीलाई कहिलेसम्म समान बनाउने हो ?’

यसरी महिलाको सहभागीलाई सरकारले न्यून बनाएको भन्दै प्रश्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रतिपक्षी दलका नेताहरूले टेबल ठोकेर समर्थन जनाएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा थिङ मन्त्रीको दावेदार थिईन् । तर, उनलाई पन्छाउँदै पार्टी सभापति शेरबहादुर देउवापत्नी डा आरजु राणा मन्त्री बनेपछि पार्टीमा असन्तुष्टि ेदखिएको छ । त्यसोत कांग्रेसमा दुई जना महिलालाई मन्त्री बनाउने कुरा थियो । तर, सबै गुटलाई भाग पुर्याउँदा आरजुबाहेक अरु महिला मन्त्रीको लिष्टमा परेनन् ।



प्रतिक्रिया दिनुहोस्