Logo

बागमतीमा एमालेका ६ मन्त्रीमा कसलाई कुन मन्त्रालय ? (सूचीसहित)



काठमाडौं,८ साउन । बहादुरसिं लामा नेतृत्वको बागमती प्रदेश सरकारमा सामेल हुने नेकपा एमाले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको मन्त्रालय टुंग्याएको छ ।

एमालेलाई बागमतीमा ६ मन्त्री भागमा परेको छ । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेले यो पटक सहभागी ६ जनामध्ये ५ जना नयाँ अनुहार पठाएको छ ।

बागमतीमा कांग्रेस(एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गरेका हुन् । उन आजै मुख्यमन्त्री नियुक्त हुनेछन् भने शपथ तथा सरकार विस्तार भोलि हुनेछ ।

निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । यता नेकपा एमालेले आफ्ना भागमा परेका सबै मन्त्री छान्दा सत्ताको नेतृत्व गर्न लागेको पार्टी नेपाली कांग्रेसमा भने मन्त्री छान्न सकस परेको छ ।



प्रतिक्रिया दिनुहोस्