Logo

बागमतीमा बानियाँ र लामाबीच कुरा नमिल्दा कांग्रेसले छान्न सकेन मन्त्री, एमालेका ६ मन्त्रीले मात्र आज शपथ लिने



काठमाडौं,९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिं लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछ्न । बिहान ११ बजेपछि लामाले शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

लामा मंगलबार नेकपा एमाले र नेपाली कांग्रेसका ६४ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका थिए । लामा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत हुन् ।

यसैबीच लामाको शपथ सँर्ग १३ जना नै मन्त्री नियुक्त गरेर आजै सरकारलाई पूर्णता दिने भनिएपनि कांग्रेसले मन्त्री छान्न नसक्दा आजै सरकारले पूर्णता पाउनेमा आशंका उब्जिएको छ ।

सत्ता गठबन्धनमा जुटेको सहमति अनुसार कांग्रेसले ७ र एमालेले ६ मन्त्रालय लिएको छ । मुख्यमन्त्रीको सपथ लगतै एमालेबाट मन्त्री हुने प्रेमभक्त महर्जन, प्रकाश श्रेष्ठ,अमन मास्के, किरण थापामगर, सुकुमाया तामाङ र कृष्ण सिलवालले सपथग्रहण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गर्नेछन् । उनीहरूको शपथ ग्रहणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्र समेत प्रदेश प्रमुख कार्यालय पठाइएको छ ।

यता कांग्रेसका भने लामा र अर्का नेता इन्द्र बानियाँको आ आफ्नै गुटका कारण मन्त्री छान्न सकस परेको जनाइएको छ । अर्थ मन्त्रालयको विषयमा लामा र बानियाँबीच मतभेद रहेको निकट स्रोतको भनाई छ । यसैबीच कांग्रेसले आज आफ्नो तर्फबाट मन्त्री नपठाउने भएको छ । तत्काल मन्त्री नपठाउने निर्णयमा पुगेको कांग्रेसले एक साता भित्र मन्त्रीको नाम तयारी गरी शपथ ग्रहण गराउने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्