Logo

विचौलियाहरुको पहलमा कांग्रेस-एमालेसहितको गठबन्धन बन्योः प्रचण्ड



काठमाडौं, ९ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेसहितको गठबन्धन विचौलियाहरुको पहलमा बनेको टिप्पणी गरेका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन सरकारले सुशानको पक्षमा काम गरिरहेको बेलामा विचौलियाहरुको पहलमा षड्यन्त्रपूर्वक ढंगबाट सरकार ढालिएको बताएका हुन् ।

‘सुशासनको पक्षमा सरकारको पक्षबाट दूरागामी पहल भएपछि भ्रष्टाचारमा लिप्त पक्षलाई सह्य भएन । निकै षड्यन्त्रमुलक ढंगले, विचौलियाहरुको पहलमा नयाँ गठबन्धन बनाइयो । उनीहरुको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिराख्नुपर्र्दैन,’– उनले भने ।

आफू नेतृत्वको सरकारलेसुशासनको पक्षमा गम्भीर पहल गरेको पनि उनले स्मरण गराए । अध्यक्ष प्रचण्डले सशासनसँगै सामाजिक न्याय, सामाजिक सुरक्षा, युवाहरुको हक हितको पक्षमा पनि आफू नेतृत्वको सरकारले सकारात्मक पहल गरेको बताए । उनले अप्ठ्यारो स्थितिमा रहेको अर्थतन्त्रसमेत आफू नेतृत्वको सरकारको पालामा लयमा आएको दाबी गरे ।

सरकार छोड्दा आफ्नो कुरा सशक्त ढंगबाट संसद्मा राखेको बताउँदै प्रचण्डले वर्तमान सरकारले विचौलियाहरुकै पक्षमा काम गर्छ भन्ने कुरा छर्लङ्ग रहेको बताए । उनले आफू वैचारिक, राजनीतिक र सरकारबाट गर्न सकिने र पर्ने कुराहरु गर्दागर्दै विजेतकाको रुपमा नै सरकार बाहिर आइपुगेको बताए । पछिल्लो समयमा दुई जनाको गिरफ्तारीसँगै आफू नेतृत्वको सरकार ढलेको उनले स्वीकार गरे ।

उनले अब के भएको हो ? किन भएको हो ? माओवादी के चाहन्थ्यो ? र अब के गर्ने ? भन्ने कुरा आम जनतालाई भन्नुपर्ने बताए । उनले माओवादी नेतृत्वको सरकार बेदाग निस्किएको बताए । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्