Logo

सौर्य एयरलाइन्स जहाज दुर्घटनाः टिचिङ परिसरमा भावविह्वाल आफन्तहरु (फोटोफिचर)



काठमाडौं, ९ साउन । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा १८ जनाको निधन भएको छ । आज काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका १९ जनामध्ये २ जना चालक दलको सदस्य रहेको र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरु रहेका थिए । विमानमा सवार १९ जनामध्ये पाइलट मनिषरत्न साक्यको जिवितै उद्दार गरि काठमाडौंस्थिति काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

निधन हुनेहरुमा कोपाइलट सुशान्त कटुवालसहित अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, शर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, प्रिजा खतिवडा र आरिफ रेडा रहेका छन् ।

दुर्घटनामा परी निधन भएकाहरुको शव पोस्टमार्टमका लागि त्रि.वि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । अस्पताल परिसरमा मृतकका आफन्तहरुको बाक्लो उपस्थिति रहेको छन् । आफन्तको वियोगमा उनीहरु भावविह्वाल छन् । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्