काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यसूची छ ।
त्यस्तै बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । रानामगरले ५ जनाको भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासमा पत्र पठाएकी थिइन् ।
त्यसबाट उनी विवादमा तानिएकी थिइन् । रास्वपाले भने रानाको खुलेर बचाउ गर्दै आएको छ ।