Logo

रास्वपाको केन्द्रीय समिति बैठक सुरू,उपसभामुख रानाको पत्रदेखि मुकुलको आरोपसम्म छलफल हुने



काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी मूख्यालय चारुमति बसुन्धरामा बैठक सुरु भएको हो ।

आजको बैठकमा सुरुआतमा बुधबार काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली अर्पाण गरिएको थियो । आजको बैठकमा अमेरिकी दूतावासलाई उपसभामुख इन्दिरा रानाले लेखेको पत्र र निलम्बित महामन्त्री डा मुकुल ढकालको विभिन्न आरोपबारे छलफल हुनेछ ।

यी हुन् छलफलका विषयहरुः

१. पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्था बारे जानकारी
२. विभाग प्रमुख मनोनयनबारे छलफल
३. विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन
४. क्लोज क्याम्प बारे छलफल
५. कर्णाली विशेष अभियान
६. प्रदेश अभिमुखिकरण र जिल्ला बैठक र जिल्ला बहस
७. सल्लाहकार परिषद्मा मनोनयन
८. केन्द्रीय विभागको बाँकी रहेको मनोनयन वारे छलफल र अनुमोदन
९. विविध

file photo



प्रतिक्रिया दिनुहोस्