Logo

पूराना राजदूत फिर्ता र नयाँ नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं,१० साउन । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो।

त्रिभुवनविमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बुधबार पनि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो।

आजको बैठकले केही देशमा नयाँ राजदूत नियुक्रिका लागि सिफारिस गर्ने र केही देशबाट फिर्ता गर्नेबारे छलफल हुनेछ । सरकारले भारतका लागि शंकरदाश वैरागी र चीनमा लोकदर्शन रेग्मीलाई राजदूत बनाउने तयारी गरेको छ । पूर्व मुख्यसचिवद्धय वैरागीलाई कांग्रेस र रेग्मीलाई एमालेले राजदूत बनाउन लागेका हुन् । वैरागी हाल राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार रहेका छन् ।

त्यस्तै आजको बैठकले चीन, अष्ट्रेलिया र रुसका राजदूतलाई फिर्ता बोलाउनेबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए । चीनमा माओवादी र अन्य दुई देशमा नेकपा एकीकृत समाजवादीको कोटाबाट राजदूत नियुक्त गरिएको थियो । सत्ता समीकरण फेरिएसँगै तीनै राजदूत फिर्ता बोलाउन लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्