Logo

नेपाली आकाशमा ७० वर्षको अवधिमा १०८ विमान दुर्घटना, ९५९ जनाको निधन (तथ्याङ्कसहित)



काठमाडौं, १० साउन । विश्वमा हवाइ यात्रालाई सबैभन्दा सुरक्षित, सुलभ र भरपर्दाे मानिन्छ । नेपालमा भने हवाइ यात्रा अझै सुरक्षित र भरपर्दो बन्न सकिरहेको छैन । ७० वर्षको अवधिमा नेपालमा विदेशी वायुयान कम्पनीका १०, हेलिकोप्टर ३९, सिङ्गल इन्जिन प्लेन ८ र आन्तरिकतर्फको मल्टि इन्जिन जहाज ५१ गरी हालसम्म १०८ वटा विमान दुर्घटना भएको छ ।

विदेशी वायु यान कम्पनीको जहाज दुर्घटनामा ३७३ जना, सिङ्गल इन्जिन जहाज दुर्घटनामा २५ जना, हेलिकोप्टर दुर्घटनामा ९२ जना र आन्तरिकतर्फको मल्टि इन्जिन जहाज दुर्घटनामा ४६९ जना गरी हालसम्म ९५९ जनाको मृत्यु भएको छ ।

नेपाली आकाशमा सबैभन्दा पहिला वि.सं. २०१२ मा सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो । उक्त विमान दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए ।

हिजो (बुधबार) काठमाडौंबाट पोखराको लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् । उक्त दुर्घटनामा पाइलट मनिषरन्त शाक्यको भने जीवितै उद्धार भएको थियो । ७० वर्षको अवधिमा मानवीय क्षति हुनेगरी भएको विमान दुर्घटनामा पाइलटलाई जीवित उद्धार गरिएको घटना भने पहिलो हो ।



प्रतिक्रिया दिनुहोस्