Logo

जहाज दुर्घटनामा निधन भएकाहरुको आत्मको चीरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलन



काठमाडौं, १० साउन । सौर्य एयरलाइन्स विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको आत्मको चीरशान्तिको कामना गर्दै पशुपति कोटीहोम आयोजक परिवारले दीप प्रज्ज्वलन गरेको छ । हिजो (बुधबार) काठमाडौंबाट पोखराको लागि उडेको सौर्य एयरलाइन्सको ९–एनए एमई जहाज दुर्घटनामा १८ जनाको निधन भएको थियो ।

पशुपति कोटीहोम परिवारले हिजो बेलुका जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्मको चीरशान्ति, घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना र शोकाकुल परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी दीप प्रज्ज्वलन गरेको हो ।

गत साउन १ देखि पशुपति क्षेत्रमा सुरु भएको कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ यही साउन ३२ गतेसम्म जारी रहने छ । मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा कोटीहोम महात्म्य तथा महायज्ञ आयोजना गरिएको हो ।

अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई निःशुल्क रुपमा गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आइरहेको नेपालकै नमुना मामाघर अनाथालय आश्रम, ललितपुर र बेसहारा, पिडित, दुखी, गरिव र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा गास, वास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ महायज्ञ आयोजना गरिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्