काठमाडौं, १० साउन । सर्वोच्च अदालतको आदेशबाट अग्राधिकार पाएको गाँजा वैधानिकता सम्बन्धि मुद्दाको अन्तिम सुुनुवाइका लागि सरोकारवालाहरुले दवाबमुलक कार्यक्रम सुरु गरेका छन् । आज (बिहीबार) नेपाल फार्म व्यवसायी महासंघ र नेपाल गाँजा वैधानिक महाअभियानले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उक्त मुद्दाको अन्मित सुनुवाइका लागि दवाब दिएका हुन् ।
सडकबाटै गाँजालाई कानुनी वैधता दिन आगामी साउनको १२ गतेदेखि २१ गतेसम्म काठमाडौंको भद्रकाली परिसरमा देशभरका गाँजा अभियन्ताहरुको शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिएको छ ।
तत्कालीन समयमा गाँजा कारोबारका लागि लाइसेन्स लिएका राजु सिंहले तत्कालीन समयमका गाँजामा रामराज्य नै रहेको बताए । तत्कालीन समयमा गाँजाको कारण देशमा समृद्ध बनेको उनले बताए । उनले गाँजालाई लोकल आयुर्वेदको रुपमा अर्थ्याए । वैद्यखानामा सरकारले भारतबाट गाँजा खरिद गरेको पनि उनले बताए ।
कार्यक्रममा अधिवक्ता सरोज अधिकारी, डा. निकोलस भुसाल, चिरञ्जिवी खरेललगायतले गाँजा वैधानिकता गर्नुपर्ने पक्षमा धारणा राखेका थिए ।