Logo

वुमन एसिया कप खेलेर फर्कियो नेपाली टिम, कप्तान भन्छिन्: सुधार गर्नुपर्ने चिज धेरै छ



काठमाडौं,१० साउन । श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ ।

प्रतियोगितामा नेपालले तीन खेल खेल्दै एक जित र दुई हार व्यहोरेको थियो । समूह चरणबाट माथि उक्लिन नसके पनि नेपालले एसिया कपमा पहिलो जित दर्ता गर्न सफल भयो ।

विमानस्थलमा नेपाली टिमकी कप्तान इन्दू वर्माले यूएईलाई हराउन सकेपनि अन्य देशसँग सोचेजस्तो नतिजा निकाल्न नसकिएको बताएकी छन् । उनले आगामी दिनमा नेपालले ठूला राष्ट्रलाई हराउन सक्छ भन्ने आत्मविश्वास जागेको बताईन् ।

उनले भनिन् ‘हाम्रो धेरै कमजोरीहरू छन् । अझै मिहिनेत गर्नुपर्ने छ । धेरै कुरा सिक्यौँ । फ्लड लाइटमा खेल्दा त्यस्तो फरक परेन । यसलाई एक्स्क्युज बनाउन चाहन्न । टी-२० गेमको बेलामा प्रेस हुन्छ । फ्लड लाइटले ठूलो फरक पर्दैन । धेरै वर्षपछि हामीले यूएईलाई बिट गर्न सक्यौँ । बेस्ट मोमेन्ट त्यही हो जस्तो लाग्छ । भारतीय खेलाडीहरूसँग कसरी प्रेसर ह्यान्डल गर्ने, फिटनेस कसरी मेन्टेन गर्ने भनेर कुराकानी गरेँ । हामीले सुधार गर्नुपर्ने चिज धेरै छ । बलिङ, ब्याटिङ, फिल्डिङमा सबै पक्षमा सुधार गर्नुपर्ने छ । हामीले अझै मिहिनेत गरेर सुधार गर्दै गयौँ भने ठूला टीमलाई बिट गर्न सक्छौँ’ ।



प्रतिक्रिया दिनुहोस्