Logo

इतिहास रच्दै लिलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव



 काठमाडौं,१० साउन । सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।

गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो।

गडतौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जादै थिइन्। उनी २०७७ कात्तिकमा सचिव भएकी थिइन्।



प्रतिक्रिया दिनुहोस्