Logo

सौर्य एयर दुर्घटनाः डीएनए परीक्षण गर्न नपरेमा पर्सी आफन्तलाई शव हस्तान्तरण गरिने



काठमाडौँ, १० असार । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ ।

शव परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । अस्पतालका निर्देशक प्रा.डा.दिनेश काफ्लेले भने, ‘शव पहिचान नभइकन दिन मिल्दैन । १२ वटा शवको परीक्षण सकिएको छ, अहिले तीन वटा शव परीक्षण भइरहेको छ । पहिचान नभएकाहरुको डिएनए गर्नुपर्यो भने नतिजा आउन दुई हप्ता लाग्छ । परेन भने भोलि बेलुकासम्म सबै शवको परीक्षण सकिन्छ होला । प्रक्रिया मिलेपछि पर्सीबाट आफन्तलाई हस्तान्तरण गर्न सकिन्छ,’– उनले भने ।

उनले विज्ञहरु संवेदशीलपूर्वक काममा खटिएको र शव पहिचान भएर प्रक्रिया पूरा भएपछि सकेसम्म छिटो हस्तान्तरण गरिने जानकारी दिए । काठमाडौंबाट पोखराको लागि उडेको सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्