Logo

नेसनल प्याब्सन भक्तपुरको हिज्जे प्रतियोगितामा मदरल्याण्ड प्रथम



काठमाडौं, १० साउन । नेसनल प्याब्सन भक्तपुरअन्तर्गतको कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं.२ मा रहेको ऋतम्भरा पाठशालाको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । नेसनल प्याव्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरुबीचको अन्तरविद्यालय अंग्रेजी हिज्जे प्रतियोगितामा सुर्यविनायक–९ भक्तपुरमा रहेको मदरल्याण्ड स्कुल प्रथम भएको छ । त्यस्तैगरी, द्धितीय स्थान ईडेन गार्डेन स्कुल, तृतीय स्थान सेन्ट जोन स्कुल र सान्त्वना स्थान यूनिटी स्कुलले प्राप्त गरेको छ ।

आधारभूत तहको उक्त प्रतियोगितामा १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा १० वटा स्कुलको प्रतिस्पर्धाबाट क्रमश प्रथम, द्धितीय र तृतीय मदरल्याण्ड, सेन्ट जोन र एसएस सदन त्यसै गरी दोश्रो चरणमा ९ वटा विद्यालयको प्रतिस्पर्धाबाट क्रमश प्रथम, द्धितीय र तृतीय ईडेन गार्डेन, यूनिटी र ग्लीटर फ्युचर स्कुल गरी ६ वटा स्कुलका टिम फाइनल चरणमा प्रतिस्पर्धा गरेको आयोजक विद्यालयका ऋतम्भरा पाठशालाका शिक्षक तथा कार्यक्रम संयोजक अनिश खत्रीले जानकारी दिए ।

ऋतम्भरा पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीको सभापतित्व तथा चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोमप्रसाद प्रधानको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि चानपा शिक्षा शाखा प्रमुख दिनेश अर्याल, नेसनल प्याब्सन केन्द्रीय सदस्य गोविन्द बहादुर खड्का र नेसनल प्याब्सन जिल्ला अध्यक्ष संजय खड्का लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

नेसनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ देखि यस्ता विविध प्रतियोगितात्मक कार्यक्रम आफ्ना सदस्य विद्यालयहरुलाई आयोजना गर्ने जिम्मा दिएको छ ।



प्रतिक्रिया दिनुहोस्