Logo

मानसिक स्वास्थ्यमा आधारित गीत ‘सम्झिराख न’ सार्वजनिक (भिडिओसहित)



लण्डन निवासी गायकद्वय सुजन पराजुली र भिजे घिमिरेको गीत सम्झिराख न बजारमा आएको छ । मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाइएको उक्त गीतमा,संगीत,शब्द अनि अभिनय गाएकद्वयको नै रहेको छ ।

मानसिक स्वास्थजस्तो जटिल संवेदनशील विषयलाई समेटेर बनाइएको कथा वस्तुलाई दर्शक श्रोताले मन पराएका छ्न्। सुजन भन्छन्, ‘नेपाली संगीत क्षेत्रमा नौलो प्रयोग गरेका छौं ।’

नेपाली पप र टिपिकल लोक गीतको सम्योजनको सुरुवात आफुहरुले नै सुरु गरेको उनी दाबी गर्छन् । अर्का गायक भिजे घिमिरे निकै उत्साहित छ्न् । उनी थप्छ्न् ‘अब नयाँ बाटो खुलेको छ नेपाली फ्युजन गितको ट्रेन्ड आउनेमा ढुक्क छौं ।’

कथावस्तुमा भिजे र सुजन यमराज र चित्रगुप्तको भूमिकामा देखिन्छन् । मानसिक स्वास्थको कारण स्वर्गलोक अस्वभाविक मृत्युदर बढेको कारण व्यवस्थापन गर्ने गाह्रो भएकोले रोकथामको लागि उनीहरु पृथ्वीलोकमा गएको र रोकथाम नियत्रण गर्न सफल भएको कथालाई आकर्षक ढङ्गले देखाउन खोजिएको छ ।

गीतको कथावस्तु अनि डाइरेक्सन अनमोल केसी अभिनित चलचित्रका निर्देशक सुयोग गुरुङको रहेको छ । भिजे म्युजिक युट्युब च्यानलबाट रिलिज गरिएको गीतमा किरन थापा र अभी वाग्लेको कोरियोग्राफ रहेको छ भने अरेन्ज विप स्टुडियोले गरेको हो ।



प्रतिक्रिया दिनुहोस्