Logo

टीआरसीमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी



काठमाडौं,११ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा सहमति जुटाउन गठित कार्यदलको बैठक अहिले बसिरहेको छ।

सिंहदरबारमा जारी कार्यदलको बैठकमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मूख्य सचेतक तथा नेकपा एमालेका सांसद महेश वर्तौला र नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा सहभागी छन् ।

गएको मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले पनि टीआरसीमा छलफल गरेका थिए।

आजको बैठकमा विधेयकसम्बन्धी सहमति हुन बाँकी केही बुँदामा छलफल हुने बताइएको छ।

टीआरसीमा सशस्त्र द्वन्द्वमा सहभागी भएका पीडितलाई कसरी सम्बोधन गर्ने, सुरक्षाकर्मीका पीडित परिवारलाई कसरी सम्बोधन गर्नेसहितका विषय टुंगो लाग्न बाँकी छ।



प्रतिक्रिया दिनुहोस्