Logo

राष्ट्र बैंकको बोर्ड बैठकबाट मौद्रिक नीति पारित, केहीबेरमा सार्वजनिक गरिने



काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित मौद्रिक नीति अनुमोदन गरेको छ । आज (शुक्रबार) विहान बसेको बोर्ड बैठकले मौद्रिक नीति पारित गरेको हो । बोर्ड बैठकले मौद्रिक नीति पारित गरेसँगै केहीबेरमा औपचारिक रुपमा सार्वजनिक गरिने बताइएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लिएको लक्ष्यलाई सघाउने गरी कर्जा लगानी र उत्पादनमा केन्द्रित गर्ने गरी खुकुलो मौद्रिक नीति ल्याउने तयारी रहेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्