Logo

उच्च नेतृत्वमा पुगेका ४ महिलाको फोटो राख्दै प्रधानमन्त्रीले लेखे: खुसी लागेको छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेतृत्वसम्बन्धी चार संयोगहरुले आफूलाई खुसी लागेको बताएका छन् । ओली प्रधानमन्त्री भएको विभिन्न कालखण्डमा महिला विभिन्न उच्च ओहोदामा पुगेका छन्।

जसअनुसार विद्यादेवी भण्डारी (राष्ट्रपति), ओनसरी घर्ती (सभामुख) सुशीला कार्की(प्रधानन्यायाधीश) ओलीकै पालामा भएका थिए । अहिले लीलादेवी गड्तौला मुख्यसचिव बनेसँगै आफ्नो पालामा महिला नेतृत्वको चार सुखद संयोग बनेको भन्दै ओलीले यसले आफूलाई पनि खुसी लागेको बताएका हुन् ।

‘सामाजिक सञ्जालमा हिजो धेरै साथीहरुले उच्च नेतृत्वमा पुगेका नेपाली महिलाको विषयमा लेखेको देखें। आफ्नो सकारात्मक पहलमा भएका यी चार संयोगहरुले मलाई पनि खुसी लागेको छ’, ओलीले फेसबकुमा लेखेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।

तत्कालीन मुख्यसचिव डा वैकुण्ठ अर्याल भ्रष्टाचारमा डामिएपछि प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले नै मुख्यसचिव बनाउने अपेक्षामा थिईन् गड्तौला । तर, प्रचण्डले निमित्तमा थन्काईदिएपछि लगभग आसा मारिसकेकी गड्तौलाले अवकासको मुखमा इतिहास रच्ने मौका पाएकी छन् । उमेर हदका कारण उनी आगामी भदौ १४ गतेसम्म पदमा रहनेछिन् ।



प्रतिक्रिया दिनुहोस्