Logo

सन्दीपविरुद्ध पुनरावेदन नगरिदिन गौशाला-२६ को आग्रह, आफूमाथि बलात्कार नै नभएको खुलासा



काठमाडौं, ११ साउन । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी गौशाला–२६ (परिवर्तित नाम) ले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगरिदिन आग्रह गर्दै निवेदन दिएकी छन् । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गएका सन्दीपलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । गौशाला–२६ ले केही दिनअघि उक्त मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन आग्रह गर्दै उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएको बताइएको छ ।

उनले निवेदनमा आफूमाथि बलात्कार नै नभएको र संस्थाको दवाबमा परेर सन्दीपविरुद्ध जाहेरी दिएको उल्लेख गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्