Logo

सौर्य एयर दुर्घटनामा निधन भएकाहरुको शव आजै आफन्तलाई बुझाइने



काठमाडौं, ११ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको शव आजै आफन्तलाई बुझाइने भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना भएको थियो । उक्त विमान दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका थिए ।

विमान दुर्घटनामा निधन भएकाहरुको शव परीक्षण (पोस्टमार्टम) अन्तिम चरणमा पुगेको र त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले बताएको छ । आज दिउँसो अपराह्नन ४ बजेसम्म सबै प्रक्रिया सकिने र त्यसपछि मृतकका आफन्तहरुलाई शव बुझाइने बताइएको छ । मृतकको शव परीक्षणका लागि फरेन्सिक विशेषज्ञसहित २५ जनाको टिम खटिइदै आएको छ । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्