Logo

दुर्घटनाको तीन दिनपछि सौर्य एयरले भन्यो: भावविह्वल भएका छौँ



काठमाडौं,११ साउन । सौर्य एयरलाइन्सले गत साउन ९ गते काठमाडौंमा भएको अकल्पनीय जहाज दुर्घटनामा परेको घटनाप्रति अत्यन्त मर्माहत र भावविह्वल भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै पिडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाएको छ ।

अध्यक्ष तथा सम्पूर्ण परिवारका तर्फबाट जारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ, “पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने विश्वास दिलाउछौँ ।” दुर्घटनामा परि बाँच्न सफल क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामनासमेत एयरलाइन्सले गरेको छ ।

साउन ९ गते नियमित प्राविधिक परीक्षणका लागि पोखरा उडेको सौर्य एयरलाइन्सको विमान केही सेकेन्डमै त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।

सो विमानमा अधिकांश कम्पनीकै प्राविधिक कर्मचारी रहेका थिए। दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने पाइलट मनीष शाक्य गम्भीर घाइते भएका छन्। उनको हाल उपचार जारी छ।



प्रतिक्रिया दिनुहोस्