Logo

विन्दुलाई कार्यवाहक दिएर भारत जाँदै मुख्यमन्त्री पाण्डे, एमालेको सत्तामा यात्रा लम्बिने



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारत जाने भएका छन् । उनी स्वास्थ्य उपचारका लागि भोलि भारत जान लागेका हुन् । मुख्यमन्त्री पाण्डे १८ गतेमात्र स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पाण्डे भारत जाने भएपछि उनले आफ्नो अनुपस्थितिमा कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी सामाजिक विकासमन्त्री डा विन्दुकुमार थापालाई दिएका छन् ।

यसैबीच मुख्यमन्त्री भारत गएपछि सत्ता समीकरणमा रहेको नेकपा एमालेको अझै केही समय सरकारमा सहभागिता नहुने निश्चित देखिएको छ । एमालेले मुख्यमन्त्री पाण्डेले तदारुकता नदेखाएकै कारण सत्ता समीकरणअनुसार सरकारमा सहभागिता नभएको बताउँदै आएको छ ।

केन्द्रमा भएको सत्ता समीकरण अनुसार पाण्डे नेतृत्वको सरकारमा एमाले सामेल हुने सहमति भएको छ । तर, मन्त्रालयको संख्या थोरै हुँदा एमालेलाई सामेल गराउन समस्या भईरहेको छ । सत्ता टिकाउन साथ दिएका दीपक मनाङे र फणिन्द्र देवकोटालाई हटाउनुपर्ने एमालेको माग छ भने पाण्डे संकटमा साथ दिएका उनीहरुलाई हटाउने पक्षमा छैनन् ।



प्रतिक्रिया दिनुहोस्