Logo

सौर्य एयर विमान दुर्घटनाः मृतकका आफन्तहरुलाई बुझाउन थालियो शव



काठमाडौं, ११ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको शव आफन्तलाई बुझाउन थालिएको छ । आज (शुक्रबार) मृतकका परिवारहरुले त्रिवि शिक्षण अस्पताल परिसरबाट शव बुझेका छन् ।

विमान दुर्घटनामा निधन भएकाहरुमध्ये आज को पाइलट सुशान्त कटुवाल, उद्धव पुरी, राजाराम आचार्य, अश्मिन निरौला, श्याम विन्दुकरको शव आफन्तले बुझेका छन् ।

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको निधन भएको थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्