Logo

नेपाली सेनाका रथी सिग्देललाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर



काठमाडौं, ११ साउन । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देललाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । रथी सिग्देलको जन्ममिति विवाद रहेको भन्दै युबराज पौडेल (सफल) ले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रथी सिग्देलको सवारी चालक अनुमतिपत्र राष्ट्रिय परिचयपत्र र एसएलसीको प्रमाणपत्रमा २०२३/१०/१९ गते उल्लेख रहेको रिट निवेदनमा उल्लेख छ । तर, उनले निजले जिल्ला प्रशाशन कार्यालय जाजरकोटबाट २०४० साल साउन २९ गते नागरिकता लिँदा निजको उमेर १७ बर्ष पुगेको भनी लेखिएको रिट निवेदकको दाबी छ । पछि सोही नागरिकताको प्रतिलिपि लिँदा २०४०/०६/०९ बनाइ मिति फरक पारेको रिट निवेदकको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्