Logo

राष्ट्र बैंकका प्रवक्ता डा.भट्ट भन्छन्, ‘सजकतापूर्ण ढंगले लचिलो मौद्रिक नीति ल्याएका छौं’ (भिडिओसहित)



काठमाडौं, १२ साउन । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सजकतापूर्ण ढङ्कले लचिलो मौद्रिक नीति आएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले विदेशी विनियम सञ्चित १२.६ महिनालाई धन्ने अवस्थामा रहेको अवस्थामा लचिलो मौद्रिक नीति ल्याइएको बताएका हुन् । उनले समष्टिगत रुपमा आर्थिक स्थायित्वका धेरै पक्षहरु सकारात्मक रहेको बताए ।

‘अहिले समष्टिगत आर्थिक स्थायित्वका धेरै पक्षहरु सकारात्मक छन् । विदेशी विनियमय सञ्चिती अहिले १२.६ महिनाको वस्तु तथा सेवा आयत धान्नसक्ने छ । हाम्रो विदेशी विनियम सञ्चिती नेपाल रुपैयाँ १९ खर्ब ६७ अर्ब छ । यो राम्रो पक्ष हो । यसलाई हामीले उपयोग गर्नसक्छौं,’– उनले भने ।

गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको प्रभावमा परेर लचिलो मौद्रिक नीति ल्याएको आरोपसमेत लागिरेहेको छ । उक्त आरोपलाई खण्डण गर्दै प्रवक्ता भट्टले मौद्रिक नीति तय गर्दा केन्द्रीय बैंकले व्यक्तिगत सम्बन्धलाई भन्दा पनि तत्कालीन आर्थिक अवस्थाको सूचाङ्कलाई ख्याल गर्ने बताए । वित्त नीति र मौद्रिक नीतिका बीचमा समन्वय हुनुपर्ने बताउँदै उनले विगतमा आर्थिक स्थायित्वमा प्रश्न उठिरहेको अवस्थामा लचिलो हुन नसकिएको बताए ।

उनले विदेशी विनियम सञ्चितीको लक्ष्य सात महिनाको राखिएको भएपनि तत्कालीन अवस्थामा ६.६ महिना भन्दा पनि तल झरिसक्दा कठोर प्रकृतिको मौद्रिक नीति ल्याइएको बताए ।



प्रतिक्रिया दिनुहोस्