Logo

कांग्रेस-एमाले गठबन्धन सरकारले पनि स्थायित्व दिन नसक्ने भीम रावलको दाबी



काठमाडौं, १२ साउन । नेकपा (एमाले) का नेता डा. भीम रावलले कांग्रेस–एमाले गठबन्धन सरकारले पनि राजनीतिक स्थायित्व दिन नसक्ने दाबी गरेका छन् । आज (शनिबार) पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली र शेरबहादुर देउवाबीच आलोपालो सरकार चलाउँदा राजनीतिक स्थायित्व नहुने दाबी गरेका हुन् ।

कांग्रेस–एमालेबीच गठबन्धनका सम्बन्धमा भएको ७ बुँदे सहमति स्मरण गराउँदै उनले भने, ‘७ बुँदे सहमतिमा हेर बाँकी तीन बर्ष हाम्रै अध्यक्ष नै प्रधानमन्त्री हुने रहेछ कि भनेर, उहाँहरुले प्रधानमन्त्री फेरिरहने कुराले हामीले विकास गर्न सकेनौं, त्यसैले सरकारलाई स्थायित्व भनिएको छ। दुई बर्ष ओली, डेढ बर्ष कांग्रेसले सरकार चलाउने, चुनावी सरकारको नेतृत्व गर्ने भनेपछि कहाँ छ राजनीतिक स्थायित्वको कुरा ?’

पहिला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि एमालेले यस्तै सहमति गरेर पालना नगरेको उनले बताए । नेता रावलले निर्वाचनको समयमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुसँग एमालेले साँठगाँठ गरेको भन्दै उनले ओलोचना गरे । नेकपा (एमाले) जिन्दावाद भनेर भोट भने हलोमा हाल्नुपरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्