Logo

संविधान संशोधनको सवाल विषयक अन्तरक्रिया कार्यक्रम गर्दै जसपा नेपाल



काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनको सवाल विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो १ बजेदेखि अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतले बताए ।

अन्तरक्रिया कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतलगायत वक्ता रहेका छन् । कार्यक्रम जनता समाजवादी पार्टी, नेपाल मधेस प्रदेश सम्पर्क समितको आयोजनामा हुन लागेको छ ।



प्रतिक्रिया दिनुहोस्