Logo

कांग्रेस महामन्त्री शर्माको प्रश्नः संविधानमा लेखिएका हकहरूले कुनै मूल्य राख्दैन भने के काम ?



काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानमा लेखिएका मौलिकहरुको कार्यान्वयन नभइरहेको भन्दै टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकका हकहरु कागजमा मात्रै सीमित भएको बताएका हुन् ।

उनले संविधानमा मानव अधिकारको व्याख्या, सम्पत्तिको हक समानताको हक, स्वास्थ्यको हक, यातना विरुद्धको हक, सूचनाको हकलगायतका हक लेखे पनि नागरिकले उपभोग गर्न नपाएइरहेको बताए । उनले समाजमा मान्छेले बाच्नको लागि आत्मसम्मानसमेत नपाइरहेको बताए । ‘संविधानमा लेखिएका ती हकहरूले उसको कुनै मूल्य मान्यता राख्दैन भने त्यसको के काम ?’

महामन्त्री शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने बताए । उनले अनियमिततामा संलग्न जो सुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यक रहेको बताए । जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानुनअनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोडिदिनुपर्ने उनको भनाइ छ ।

‘सुशासन सबैको चासोको विषय भएकाले सबै फाइल विधिपूर्वक खुल्नुपर्छ, यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि पार्टीलाई गाह्रो पर्दैन । कुनै पनि दलले भ्रष्टाचारका घटनामा संलग्नलाई बचाउन लाग्नुहुँदैन,’– महामन्त्री शर्माले भने ।



प्रतिक्रिया दिनुहोस्