Logo

कांग्रेस-एमालेलाई झलनाथको चेतावनीः समानुपातिक व्यवस्था खारेज भयोभने देशव्यापी महासंग्राम सुरु हुन्छ’



काठमाडौं, १२ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान संशोधनजस्तो विषयलाई खेलाची नठान्न कांग्रेस–एमालेलाई चेतावनी दिएका छन् । आज (शनिबार) पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधन कांग्रेस–एमालेको चाहनामा मात्रै हुन नसक्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले संविधान कसैको निगाहमा नबनेको बताए । ‘यो संविधान संविधान सभाले बनाएको हो । कसैको निगाहले बनेको होईन । दुईवटा पार्टीले बताएको पनि होईन,’– उनले भने ।

उनले समावेशी समानुपातिक व्यवस्था खारेज गर्नेगरी संविधान संशोधन भएमा कांग्रेस–एमालेविरुद्ध देशव्यापी रुपमा महासंग्राम सुरु हुने चेतावनी दिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्