Logo

अहिलेका कम्युनिष्ट नेताहरु सत्ता, भत्ता र पैसालाई नै साम्यवाद ठान्नुहुन्छः उपेन्द्र यादव



काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले सत्ता, भत्ता र पैसालाई नै समाजवाद ठानेको टिप्पणी गरेका छन् । आज पुष्पलाल जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका कम्युनिष्ट नेताहरु सत्ता, भत्ता र पैसाकै लागि गिरिरहेको बताएका हुन् ।

‘अहिलेका कम्युनिष्ट पार्टीका नेताहरु हेर्छु म–सत्ता, भत्ता र पैसा नै साम्यवाद हो भन्ने ठान्नुहुन्छ । त्यसको डौडमा यतिसम्म गिर्छन भनेर कल्पना नै गर्न सकिँदैन । त्यो युग अहिले आएको छ । कुनै काम बाँकी नछोड्ने,’– अध्यक्ष यादवले भने ।

साथै, उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फलक्षित गर्दै सत्ताका लागि कम्युनिष्टहरु राजावादी र कांग्रेससँग पनि मिल्न पछि नपरेको टिप्पणी गरे । नेपालका प्रायः कम्युनिष्ट पार्टीमा वैचारिकता, आदर्शता र चिन्तन हराएको उनको दाबी छ । अध्यक्ष यादवले नेपालका कम्युनिष्ट पार्टी र नेताहरुमा केवल अवसरवाद मात्रै बाँकी रहेको टिप्पणी गरे । उनले छरिएर रहेका नेपालका कम्युनिष्टहरुमा के सही हो, को गलत हो भन्ने छुट्याउनै गाह्रो भएको र सही बाटोमा रहेकाहरुले भने दुःख पाइरहेको बताए ।

‘राजावादीसँग पनि एकता गर्ने, गरेकै हो । के–का लागि ? सरकारका लागि । दुई दिनका सरकारको लागि । राजावादी पनि चलेको छ, कांग्रेसपनि चलेको छ । जोसुकै पनि चलेको छ,’– माओवादीका अध्यक्ष प्रचण्डलक्षित गर्दै उनले भने । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्