Logo

नेपालको राजनीति प्रधानमन्त्री ओली र एमालेको वरिपरी घुमेको छः महेश बस्नेत



काठमाडौं, १२ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीति प्रधानमन्त्री केपी शर्मा ओली र एमालेको वरिपरी घुमेको बताएका छन् । आज (शनिबार) राष्ट्रिय यूवा संघ नेपाल गण्डकी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अब ओली नेतृत्वको सरकारलाई सफल बनाउन लागिपर्न आवश्यक रहेको बताएका हुन् ।

उनले माधव नेपाल र झलनाथ खनाल एमालेमा हुँदा पार्टीको अवस्था एकदमै कमजोर बनेको बताए । तर,ओलीको नेतृत्वमा आइपुग्दा एमाले सक्षम पार्टी बनेको उनको दाबी छ ।

नेता बस्नेतले बालेन र रवि लामिछानेहरुलाई नवउद्धारवादी शक्तिको रुपमा ब्याख्या गरे । रवि र स्वर्णिम वाग्लेमा प्रधानमन्त्री पदका लागि देश नै दाउमा लगाउन पछि नपर्ने प्रवृत्ति देखिएको पनि उनले बताए ।

नेता बस्नेतले पार्टी निर्माणका लागि सामाजिक सञ्जालदेखि आर्टिफिसिएल इन्टिलिजेन्ससम्मको प्रयोग गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।उनले अहिले गठबन्धनमा रहेपनि आगामी निर्वाचनमा एमालेको प्रतिष्पर्धी नेपाली कांग्रेस रहेको भन्दै उनले उनका कमीकमजोरी र रणनीतिबारे हेक्का राख्नसमेत नेता बस्नेतले सुझाव दिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्