Logo

विमान दुर्घटनामा निधन भएकी खतिवडाको पार्थिव शरीरमा अध्यक्ष नेपालद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण



काठमाडौँ, १२ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनेरास्ववियुकी पूर्वनेतृ प्रिजा खतिवडाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

खतिवडाको पार्थिव शरीर अन्त्येष्टिका क्रममा आज पशुपति आर्यघाटमा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । गत बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा उनको निधन भएको हो । उक्त दुर्घटनामा प्रिजाका श्रीमान् मनुराज शर्मा र चार वर्षीय छोरा अधिराज शर्मासहित १८ जनाको निधन भएको थियो ।

परिवारले शिक्षण अस्पतालबाट आज शव बुझेपछि तीनै जनाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्यस्तै पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पार्टीका नेता कार्यकर्ता पशुपति पुगेर मृतकप्रति श्रद्धाञ्जली दिनुका साथै परिवारलाई सान्त्वना प्रदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्