Logo

निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने/नगर्ने निर्णय लिन समितिको बैठक आह्वान



काठमाडौं, १२ साउन । संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । आगामी सोमबार विहान साढे ११ बजे बस्नेगरी संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको हो । बैठकले निर्वाचन आयोगको आयुक्तमा प्रतावित कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिने बताइएको छ ।

निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको सुनुवाइ सकिएको छ । आयुक्तमा उनलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय भने हुन सकेको छैन । यसअघि नेपाल कानुन समाजमा कार्यरत रहेका प्रधानमाथि यौन शोषणको आरोप छ । यौन शोषणविरुद्धको मुद्दा मेलमिलापमार्फत टुङ्ग्याइएकाले उनी आयुक्तका लागि अयोग्य रहेको भन्दै सांसदहरुले उनको नैतिक चरित्रमाथि प्रश्न उठाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्