Logo

कांग्रेस-एमालेले पनि गणतन्त्र सफल पार्न सकेनन् भने व्यवस्था नै फेर्नुपर्छः धवल शमशेर



काठमाडौं, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमशेर जबराले कांग्रेस, एमाले मिलेर पनि गणतान्त्रिक व्यवस्था सफल बनाउन सकेनन् भने अर्को व्यवस्थामा जानुको विकल्प नरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुई ठूला दल मिलेर पनि गणतन्त्रलाई सफल बनाउन नसकेको खण्डमा जनताले व्यवस्था फेर्नुपर्ने बताएका हुन् ।

‘कांग्रेस र एमाले मिलेर पनि गणतान्त्रिक व्यवस्थालाई सफल पार्न सकेनन् भने यो व्यवस्थालाई जनताले हटाउनै पर्ने र अर्को व्यवस्था ल्याउनुपर्ने आवश्यकता मैले देखिरहेको छु,’– उनले भने ।

साथै, कांग्रेस–एमाले गठबन्धन सरकारले राजनीतिक स्थायित्व र सुशासन दिन्छ भन्नेमा आफूहरुलाई विश्वास नरहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एउटा भन्ने र अर्को गर्ने गरिरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्