Logo

कोशीमा कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ? यी हुन सम्भावित पात्रहरु



काठमाडौं,१३ साउन । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी सरकारमा सामेल हुने निर्णय गरेको नेपाली कांग्रेसले मन्त्री छान्न सुरु गरेको छ ।

शनिबार काठमाडौंमा भएको नेकपा एमाले र कांग्रेसबीचको छलफलमा भोलिसम्म कांग्रेस सरकारमा सामेल हुने र ४ मन्त्रीसहित १ राज्यमन्त्री लिने सहमति भएको थियो । सहमति अनुसार कांग्रेसले सकेसम्म आजै मुख्यमन्त्रीलाई मन्त्रीको नाम दिेन तयारी गरेको छ ।

कांग्रेसले यसअघि मन्त्री बनेकाहरुलाई सरकारमा नपठाउने तयारी गरेको छ भने संस्थापन पक्षलाई २, नेता कृष्ण सिटौला पक्षलाई एक र शेखर समूहलाई एक मन्त्री र एक राज्यमन्त्री दिनेगरि नाम टुंग्याउन लागेको स्रोतले जनाएको छ ।

यस अघि कांग्रेस संसदीय दलको बैठक समेत काठमाडौंमा बसेको थियो। बैठक बसे पनि मन्त्री बन्ने आकांक्षी धेरै भएका कारण कांग्रेसले मन्त्री हुनेको नाम मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन सकेको थिएन । कोशीमा एमालेबाट मुख्यमन्त्रीसहित ५ जना मन्त्री र काङ्ग्रेसबाट ४ मन्त्री बनाउने तयारी छ ।

कांग्रेसले यसपालि मोरङका भीम पराजुलीसहित खोटाङका भूपेन्द्र राई, इलामका गोविन्द गिरी, मोरङकै मानबहादुर लिम्बुलाई सरकारमा पठाउने तयारी गरेको स्रोतको दाबी छ । शोभा चेम्जोङ र गयानन्द मण्डल बाट एक जना राज्यमन्त्री हुनेछन् । मण्डल यसअघि केही दिनका लागि उद्धव थापा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्