Logo

मुख्यमन्त्री लामाले विश्वासको मत लिने मिति तय, यस्तो छ प्रदेश सभाको अंकगणित



काठमाडौ, १३ साउन । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले आगामी साउन १५ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ । साउन १५ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा गत साउन ८ गते नेकपा (एमाले) का समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको थियो । मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बागमती सरकारलाई पूर्णतासमेत दिइसकेका छन् ।

कूल ११० सदस्यीय प्रदेश सभामा लामालाई विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा कांग्रेस–एमाले मिल्दा स्पष्ट बहुमत छ ।

बागमतीमा माओवादी केन्द्रको २१, सभामुखसहित राप्रपाको १३, नेकपा (एकीकृत समाजवादी) को सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्