Logo

बयानका लागि निलम्बित मुख्यसचिव अर्याल विशेष अदालतमा उपस्थित



काठमाडौं,१३ साउन । भ्रष्टाचारको मुद्दा लागेर डामिएका निलम्बित मुख्यसचिव डा बैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छ्न ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको ३५ दिनपछि अर्याल बउानका लागि अदालतमा उपस्थित भएका हुन् ।

आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् । बयान दिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ ।

अर्यालमाथि निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्