Logo

सांसद बजगाईँको गुनासोः पहिरोमा परी घाइते भएका दुई जनाको उद्धारमा सेनाको हेलिकोप्टर याचना गर्दा सरकारले विलम्ब गर्यो



काठमाडौं, १३ साउन । गोरखाको धार्चे गाउँपालिका–५ रिसामा पहिरोमा परी घाइते भएका दुई जनाको उद्धारमा सरकारले बेवास्ता गरेको भन्दै सांसद राजेन्द्र बजगाईँले आपत्ति जनाएका छन् । उद्धारका लागि गुहार गर्दा नेपाली सेनाले धादिङ र नुवाकोटको आकाशमा प्रतिकूल मौसम रहेको कारणहे लिकोप्टरजान नसकेको भनी जानकारी आएको उनले सुनाए । नेता बजगाईँले सोही समयमा प्राइभेट हेलिकोप्टर सेवा प्रदायक कम्पनीले भने उडान भरेर उद्धार सफल भएको उनले बताए । नेपाली सेनाको हेलिकोप्टरलाई लाग्ने प्रतिकूल मौसमको समस्या प्राइभेट कम्पनीलाई किन लागेन ? भनी प्रश्न गरे ।

‘नेपाल सरकारसित हेलिकोप्टर उद्धारका लागि याचना गर्दाखेरी सरकारले विलम्ब गर्यो । प्राइभेट हेलिकोप्टर कम्पनी गयो । नुवाकोट र धादिङको आकाशमा प्रतिकूल मौसमका कारण सैनिक हेलिकोप्टर उड्न सकेन भनिएको थियो । तर, नीजी कम्पनीले कसरी उडान गर्यो र उद्धार भयो ? मैले माननीय गृहमन्त्रीज्यूसँग पनि यो प्रश्न गरेको छु । सैनिक हेलिकोप्टरलाई लाग्ने प्रतिकूल मौसमको समस्या प्राइभेट हेलिकोप्टरलाई किन भएन ? अथवा उहाँहरुले कसरी उडान भर्न सक्नुभयो ?’ उनले प्रश्न गरे ।

आज बिहान करिब तीन बजेतिर पहिरो जादा एउटा घर र एउटा कृषि फर्म पुरिँदा ५ जना बेपत्ता छन् । साथै, सौर्य एयरलाईन्सको विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति उनले दुःख व्यक्त गरे । विमान दुर्घटनामा निधन भएकाहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाएको सरकार त्रिशुली नदीमा बस खस्दा बेपत्ता भएका ६५ जनाको बारेमा नबोलेको भन्दै उनले आपत्ति जनाए । सांसद बजगाईँले विमान दुर्घटना र बस दुर्घटनामा निधन भएकाहरुको प्रति सरकारले विभेद गर्यो भनेर अहिले प्रश्न उठिरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्